Skip to content
Poetry By Anish
Anish Shrestha मेरो शब्द, मेरो विचार
Poetry By Anish

My Words, My Thoughts

Let's Connect
  • Home
  • Poem
  • About Me
  • Publishes
Poetry By Anish

My Words, My Thoughts

June 23, 2025September 13, 2025

अव्यक्त खुसी

मेरो कविताको शिर्षक तिमी

तिमीले रचेको सुन्दर कविताको पात्र तिमी

तिम्रो कथा, तिम्रो व्यथा

र तिमीले बुन्दै गरेको

कथाको मुख्य पात्र तिमी 

म र तिमी

म त केवल तिम्रो कथालाई नियालेर हेर्ने पात्र

एक दर्शक

न त म तिम्रो कथाको मर्मलाई बुझ्न सक्छु

न त तिम्रो कथाको भावनालाई अंगाल्न

मेरो भूमिका यत्ति मात्र छ

म केवल तिम्रो कथा नियालेर हेर्न सक्छु ।

जीवनको हरेक पाइलामा

सानो सानो खुसीलाई बटुल्दै

तिमी बुन्दै छौ तिम्रो सोच

जसले तिम्रो कथालाई नयाँ जीवन दिनेछ ।

यो समय,

तिम्रा सङ्घर्षहरू र तिम्रा सुख-दुःख

अनि तिमीभित्र लुकेका हजारौं प्रश्नहरू.… 

सायद जिन्दगीको कुनै मोडमा

तिमीले ती सबैको उत्तर भेट्नेछौ

जसले तिमीलाई जीउनुको अर्थ सिकाउनेछ

तिम्रा अधुरा कथाहरूले नयाँ जीवन पाउनेछन्

र मजस्ता कैयौँ दर्शकहरूले

तिम्रो कथालाई पूर्ण बनाउनेछन् ।

यी सबै भविष्यमा आउने परिवर्तनहरू हुन्

तर मुख्य कुरा

तिमी तिम्रो वर्तमानको कथा बुन्दै गर

नया बुट्टा भर्दै जाउ

तिमी भित्रको कथालाई

एउटा नयाँ आयाम देऊ ।

म तिम्रो कथालाई सधै नियालेर हेरिरहनेछु

र, तिम्रो कथालाई पूर्ण बनाउन

साथ दिरहनेछु ।

Post Views: 125
Poem

Post navigation

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Ma Ek Prarthana By Anish Shrestha - Ichhyakamana Darpan
    Ma Ek Prarthana
  • Sapanako Mahal By Anish Shrestha - Udhan
    Sapanako Mahal
  • Sanibar - Gorkhapatra
    Basanta Ek Suruwat
  • Fitkauli
    Ma Kusume, Ek Sundar Ful
  • Kalpanako Rangin Patra

Recent Comments

  1. Shilpa on नरचिएको कथा
  2. Shilpa on मौन
  3. Shilpa on म एक प्रार्थना
  4. 🦋Alisu🦋 on म – कथाको एक पात्र

Categories

  • Poem
  • Publishes
  • Song

Most Viewed Posts

  • म – कथाको एक पात्र (279)
  • चपरासी (244)
  • बसन्त – एक सुरुवात (191)
  • कुसुमी, एक सुन्दर फूल (172)
  • उमङ्ग (168)
©2025 Poetry By Anish | Developed by Anish Shrestha