Skip to content
Poetry By Anish
Anish Shrestha मेरो शब्द, मेरो विचार
Poetry By Anish

My Words, My Thoughts

Let's Connect
  • Home
  • Poem
  • About Me
  • Publishes
Poetry By Anish

My Words, My Thoughts

September 25, 2025October 24, 2025

असीम स्मृतिहरू

मेरो जीवनका सुख–दुःखलाई
किताबका पानाहरूमा कोर्दै गर्दा
कुनै दिन मेरा शब्दहरूले
तिम्रो वर्णन गर्नेछन् ।

मैले लेखेका हरेक शब्दमा
तिमी बाँचिरहनेछौ,
म तिमीभित्र असीम स्मृति बनेर बस्नेछु ।

मैले कोरेका शब्दहरूले
अतीतका पलहरूलाई फेरि जागाउनेछन्,
लाग्छ त्यो पल सधैं तिमी संगै नै थियो
जसको कुनै समय थिएन ।

मात्र तिमी थियौ
अनि तिमीले महसुस गरिरहेका पलहरू ।

सायद ती शब्दहरूलाई तिमीले स्पर्श गरिरहँदा
तिम्रा आँखाबाट बग्ने
ती दुई थोपा आँसुहरूले
मलाई सधैंका लागि जीवित बनाइरहनेछ ।
म तिम्रो जीवनमा सधैं मिठो मुस्कान बनेर बाँचिरहनेछु ।

Post Views: 134
Poem My ThoughtsMy WordsPoetry By Anish

Post navigation

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Ma Ek Prarthana By Anish Shrestha - Ichhyakamana Darpan
    Ma Ek Prarthana
  • Sapanako Mahal By Anish Shrestha - Udhan
    Sapanako Mahal
  • Sanibar - Gorkhapatra
    Basanta Ek Suruwat
  • Fitkauli
    Ma Kusume, Ek Sundar Ful
  • Kalpanako Rangin Patra

Recent Comments

  1. Shilpa on नरचिएको कथा
  2. Shilpa on मौन
  3. Shilpa on म एक प्रार्थना
  4. 🦋Alisu🦋 on म – कथाको एक पात्र

Categories

  • Poem
  • Publishes
  • Song

Most Viewed Posts

  • म – कथाको एक पात्र (279)
  • चपरासी (243)
  • बसन्त – एक सुरुवात (189)
  • कुसुमी, एक सुन्दर फूल (172)
  • उमङ्ग (166)
©2025 Poetry By Anish | Developed by Anish Shrestha