तिमी रिसाऊ, तर्क गर,
तिमी भित्रको आँधीले सबै तहसनहस पार
तिमीभित्र बलिरहेको आगोको ज्वाला
जसले मेरा हरेक भावना जलाई रहेका छन्
म शान्त छु
म परिचित छु,
तिमी भित्रको त्यो आँधीसँग
जसले माया गर्छ
उसँग नै रिसाउने सामर्थ्य पनि हुन्छ
त्यसैले…
तिमी रिसाऊ, तिमी तर्क गर
म शान्त छु
मलाई थाहा छ
आँधीपछि आउने शान्ति
अझ गहिरो हुन्छ ।