मेरो दिनको अन्त्य भोलि उठ्ने विश्वासमै चलिरहेको छ
र मेरा योजना, अनिश्चितताबीच आफ्नो पहिचान खोजीरहेका छन्
एकदिन म मेरा सपनाहरूलाई जिउनेछु
शायद, यही नै हो आशा
यी आशाहरूमा नै मेरा मीठा निद्रा अडिएका छन्
यी आशाहरूमा नै नयाँ सम्झनाहरू लुकेका छन्
म यसरी नै अघि बढिरहेको छु
म हुनु र नहुनुको अनिश्चितता बीच
केही राम्रो हुने आश गरिराख्नु नै जीवन हो, शायद।
सत्य यही नै हो कि
एकदिन बिहानी आउने छैन
अर्को वर्ष आउने छैन
अनि मैले सजाएका योजना हुने छैनन्
त्यहाँ अरू केही हुने छैन
केही पनि
र म पनि
अपूर्ण हुनु नै पूर्ण हुनु हो।
र अनिश्चित हुनु नै निश्चितता हो
शायद यही नै जीवन जिउने मूल मन्त्र हो
जसले एकदिन मलाई मेरो गन्तव्यसम्म अवश्य पुर्याउनेछ
एक, अभौतिक गन्तव्य
शायद कुनै दिन म गहिरो निद्राबाट बिउँझनेछु
जसले मलाई मैले देखेका हरेक सपनाहरूको बोध गराउनेछ
ति सपनाहरू मैले बाँचिरहेको वर्तमान हुनेछ
र म?
म सधैंको लागि शून्यता झैँ बाँचिरहनेछु ।
जहाँ जन्म र मृत्युको कुनै अस्तित्व नै हुनेछैन।