म
मेरो कविताको एकमात्र पात्र म,
केहि रंगिन सपना बोकेर हिडेको पात्र म,
ती रंगिन सपनाहरुलाई स्पर्श गर्दै मुस्कान छरी हिड्ने पात्र म ।
भावनाका निश्चल समुन्द्रमा पौडिने म,
जहाँ लहरहरूसँगै घुल्दै,
ती सागरका छालहरूसँग चिनिँदै,
अनि तिनै छालको सुस्केराले बुनिएका
मेरो कथा — मेरो आत्मा ।
आँधी र ति अस्तव्यस्त छालहरू ,
जसले मेरा निश्चल भावनालाई छरपस्ट पारिदिएको पात्र,म ।
आजकल,
म आफै संग सोध्ने गर्छु,
के मेरा शुद्ध भावना,
जसको आफ्नै एउटा सुन्दर संसार थियो,
सुन्दर सपना थियो,
ती समुद्री छालहरू संगै हराउनकै लागि थिए?
के मेरो अस्तित्व
त्यही किनारमा छरपस्ट हुने लेखिएको थियो,
जहाँ आज म,
नदीको शान्त पाखामा
सिर्जनाशून्य भएर बसेको छु ।
Keep it up dai 👍