Skip to content
Poetry By Anish
Anish Shrestha मेरो शब्द, मेरो विचार
Poetry By Anish

My Words, My Thoughts

Let's Connect
  • Home
  • Poem
  • About Me
  • Publishes
Poetry By Anish

My Words, My Thoughts

September 22, 2025September 22, 2025

मौन

म जति लेखुँ, अपुरो छन् मेरा भावहरू
म जति कोरुँ, त्यति नै अधुरा छन् तिम्रा तस्वीरहरू
म जति बयान गरुँ, त्यति नै कम छन् मेरा शब्दहरू
म जति बिर्सु त्यति नै ताजा छन् तिम्रा यादहरू

सायद म भित्रका आवाजहरूले हरेक पल तिम्रो अस्तित्व खोजिरहेछन्
मेरो हरेक स-साना खुशीहरूलाई बटुलेर हिँडिरहेकी तिमी
र शून्यझैँ बिलाएको म
हरेक शून्यतामा तिम्रै नामको धुन हरपल गुन्जिरहेछ
सायद त्यो शून्यताको मूल्य जीवनका कुनै परिस्थितिले मलाई बोध गराउनेछ
तर तिमी बिना मेरो शून्यता, मेरो मौनताको अर्थ के?

मेरो शब्दको अर्थ तिमी
मेरो कविताको लय तिमी
मेरो सुख–दुःखको सहारा तिमी
मेरो रंगीन संसारको एकमात्र पात्र तिमी
तिमी एक संघर्ष

तिम्रो परिभाषा केवल मेरो सम्झनामा मात्र छ सायद
तिम्रो अस्तित्व मेरो कल्पनामा मात्र छ सायद
तिमी मेरो जीवनको यस्तो कविता हौ
जो सधैँ अपूर्ण रही रहनेछ
अनि म सधैँ तिम्रो लागि शब्दहरू सिर्जना गरिरहनेछु
म तिम्रो लागि सधैँ गुनगुनाइरहनेछु |

Post Views: 135
Poem Poetry By Anish

Post navigation

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Ma Ek Prarthana By Anish Shrestha - Ichhyakamana Darpan
    Ma Ek Prarthana
  • Sapanako Mahal By Anish Shrestha - Udhan
    Sapanako Mahal
  • Sanibar - Gorkhapatra
    Basanta Ek Suruwat
  • Fitkauli
    Ma Kusume, Ek Sundar Ful
  • Kalpanako Rangin Patra

Recent Comments

No comments to show.

Categories

  • Poem
  • Publishes
  • Song

Most Viewed Posts

  • म – कथाको एक पात्र (312)
  • चपरासी (288)
  • बसन्त – एक सुरुवात (220)
  • कुसुमी, एक सुन्दर फूल (214)
  • खुसीको परिभाषा (212)
©2026 Poetry By Anish | Developed by Anish Shrestha