मेरो कल्पनाको रंगीन संसारमा
उभिएको एक पात्र – तिमी
तिमी त्यो वास्तविकता हौ
जसको परिभाषा केवल मेरो कल्पनामा
मात्र सिमित छन्
जबसम्म मेरो अस्तित्व रहन्छ
तबसम्म तिमी मेरो रंगीन संसारको पात्र रहने छौ।
कहिलेकाही म बिर्सिन्छु
तिमी त केवल मैले सिर्जना गरेको
एक काल्पनिक पात्र हौं
जसको न त कुनै रूप छ
न त कुनै भावना ।
जब बिहानीको किरणले
मलाई स्पर्श गर्छ
तब महसुस हुन्छ
तिमी त केवल
मैले रचेको एकमात्र रंगीन पात्र हौं
जसलाई मेरा भावनाले मात्रै
स्पर्श गरिरहनेछ ।
मेरो कल्पना – मेरो सपना ।
०००