भावनाका रङ्गहरूले रङ्गिएको म,
अनि मैले कोर्न नसकेको चित्र तिमी
सायद तिमी त्यो रचना हौ,
जो सधैं अधूरै रहिरहनेछ,
जसको कुनै पूर्ण रूप हुने छैन ।
अनि रङ्गहरूले रङिएका मेरा हातहरू?
सायद यी रङ्गहरू अब सधैंका लागि
मेरा कोमल हातहरूमा सधैंका लागि रहीरहनेछ ।
तिमी एक अपूर्ण चित्र,
नरचिएको एउटा अधुरो कथा ।
🥹