मलाई कसैले सुनोस् वा नसुनोस्
मेरो मनले सुनिदिए पुग्छ।
मेरो विचारले सुनिदिए पुग्छ।
म प्रतीक्षामा छु त्यो सोचको
जसले म जिउनुको उद्देश्यलाई मसँग परिचय गराउनेछ ।
त्यो दिन मेरो अस्तित्वले एउटा नयाँ पहिचान पाउनेछ,
र मैले परिकल्पना गरेको संसारमा,
म सधैंका लागि बिलिन हुनेछु,
संसारका सबै तर्कहरूबाट मुक्त हुनेछु ।
जहाँ म केवल म हुनेछु,
मेरो सपना हुनेछ,
र मैले बुनेको रङ्गिन संसार…