नसोध मसँग केही प्रश्नहरू
म हुनुको अस्तित्व तिमी नै
म कोर्छु यी शब्दहरू
मेरो शब्दको धुन तिमी
मेरो हरेक पलको खुशी तिमी
तिमी नै मेरो सहारा
मेरो जीवन जिउने सामर्थ्य तिमी
तिमी नै मेरो प्रेरणा
म जति लेखुँ, त्यति नै अपुरो छन् मेरा शब्द
त्यति नै अपुरो छन् मेरा भावना
मेरा शून्यतामा हरपल बज्ने धुन तिमी
मेरो हरेक सङ्गीतको तिमी नै साधना
म जति बिर्सु त्यति नै ताजा छन् तिम्रा यादहरू
मैले कहिल्यै नबिर्सिने तिमी एक कल्पना
मेरो अन्धकारको ज्योति तिमी
मेरा हरेक पाइलाको तिमी नै भरोसा
मेरो सङ्घर्षको उदाहरण तिमी
मलाई पूर्ण बनाउने तिमी नै रचना