Skip to content
Poetry By Anish
Anish Shrestha मेरो शब्द, मेरो विचार
Poetry By Anish

My Words, My Thoughts

Let's Connect
  • Home
  • Poem
  • About Me
  • Publishes
Poetry By Anish

My Words, My Thoughts

September 24, 2025

उनी र उनका पुस्तकहरू

अहिलेसम्म कति वटा पुस्तक पढ्नुभएको छ ?
यो प्रश्न आज म आफैँलाई सोध्ने जमर्को गरे
क–कसको पुस्तक पढ्नुभयो?
पुस्तक पढेर के सिक्नुभयो?

यो प्रश्न मैले आफैलाई सोध्दै गर्दा
मसँग भन्नको लागि केही पनि उत्तर थिएन।

म त्यति पुस्तक पढ्ने मान्छे होइन।
कहिलेकहिँ मन लागेको बेलामा पुस्तकका एक-दुई पाना पल्टाउँथे
मैले पढेका पुस्तकहरू हातको औँलामा गन्न मिल्छन्,
त्यस्तै मुस्किलले ३–४ वटा

साहित्य र किताबको जगतमा,
म भर्खर ४ खुट्टा हिँड्न सिकिरहेको बालक हुँ,
जसले धेरै देख्न, भोग्न, जान्न र सिक्न बाकी छ

यो मेरो कथा होइन
बुक्स मण्डलमा मैले देखेको एउटा नानीको कथा
सायद त्यस्तै १२–१३ वर्षकी नानी होला

किताबहरू नियाल्दै गर्दा मैले उनलाई देखें।
उ किताबहरूलाई स–साना हातहरूले स्पर्श गर्दै थिइन्,
उनका आँखा अक्षरसँग खेलिरहेका थिए
यस्तो लाग्थ्यो, त्यहाँ अरू कोई थिएन,
उनी मात्र थिइन्,
जहाँ हजारौं किताबहरूले उनलाई घेरिरहेका थिए,
र उनले ती किताबहरूलाई आफ्नो कथा सुनाइरहेकी थिइन्

म किताब खोज्न छोडेर उनलाई अध्ययन गर्न थाले
उसको आँखामा पुस्तक प्रतिको जुन प्रेम थियो,
म मा त्यो प्रेम सायद नै नहोला
उनलाई हतार थिएन,
उनले किताबहरूलाई जसरी अध्ययन गरिरहेकी थिइन्,
सायद मले कहिल्यै त्यसरी अध्ययन गरेको छैन।

उनलाई धेरै किताबहरूको ज्ञान रहेछ
उनले हरेक विधालाई अध्ययन गरिरहेकी थिइन्
र किताब सङ्कलन गरिरहेकी थिइन्।
नभेटेको पुस्तकहरू आफैले सोध–खोज गरिरहेकी थिइन्।
मैले ती किताबहरूको कल्पना पनि गरेको थिइनँ।
ती किताबहरू मेरो लागि अस्तित्वमै थिएनन्।

उनको अगाडि त म केही पनि थिएन
कता क,ख लेख्न सिक्दै गरेको म,
कता निबन्ध लेख्ने उनी
उमेरमा मभन्दा सानो भए पनि अनुभवले उनी मभन्दा धेरै नै ठुलो थिइन्

म एकछिन उनलाई हेरेर अध्ययन गरिरहे
उनी मेरो लागि प्रेरणा बनिन्।
उनले सिकाइ राखिन् र म सिकिरहेँ।

अनि म फेरि किताबतिर लागेँ।
मैले पुस्तकलाई हातमा मात्र लिइन,
स्पर्श गरें र पानामा लेखिएका हरेक शब्दलाई अनुभव गर्न थालेँ,
जसरी उनले मलाई केही बेर अघि सिकाइ दिएकी थिइन्।

Post Views: 120
Poem

Post navigation

Previous post
Next post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Recent Posts

  • Ma Ek Prarthana By Anish Shrestha - Ichhyakamana Darpan
    Ma Ek Prarthana
  • Sapanako Mahal By Anish Shrestha - Udhan
    Sapanako Mahal
  • Sanibar - Gorkhapatra
    Basanta Ek Suruwat
  • Fitkauli
    Ma Kusume, Ek Sundar Ful
  • Kalpanako Rangin Patra

Recent Comments

  1. Shilpa on नरचिएको कथा
  2. Shilpa on मौन
  3. Shilpa on म एक प्रार्थना
  4. 🦋Alisu🦋 on म – कथाको एक पात्र

Categories

  • Poem
  • Publishes
  • Song

Most Viewed Posts

  • म – कथाको एक पात्र (279)
  • चपरासी (243)
  • बसन्त – एक सुरुवात (189)
  • कुसुमी, एक सुन्दर फूल (172)
  • उमङ्ग (166)
©2025 Poetry By Anish | Developed by Anish Shrestha